२ कार्तिक २०८३, सोमबार

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको दावी



काठमाडौं । प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनले आज ४९ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपालको संविधानको धारा १६८ को (२) बमोजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

अधिकारीले नयाँ सरकार गठनको लागि आह्वान गरेलगतै राईले एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन सहित मुख्यमन्त्रीमा दावी गरेका हुन ।

प्रदेश १ मा सरकार गठनका लागि दावी पेश गर्न ४७ सांसदको हस्ताक्षर आवश्यक पर्छ ।राईले ४९ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।