२४ श्रावण २०८३, आइतबार

प्रदेश–१ का मुख्यमन्त्री राईले लिए शपथ, ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त



काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राईलाई आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् ।

आज मुख्यमन्त्री राईसंगै ४ मन्त्री र १ राज्यमन्त्रीले पनि शपथ ग्रहण् गरेका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री बनेका छन । माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री बनेका हुन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकि छन् ।