२२ कार्तिक २०८३, आइतबार

दुई वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति पाइन्छ लाभांश ?



काठमाडौं । दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीहरुको साधारण सभा गर्ने बेला भएकाले अहिले भटाभट लाभांश सुरक्षित गर्ने लहर चलेको छ । नेप्सेमा आज सोमवार भएको कारोबारमार्फत् कायम हुने शेयरधनीले दुवै कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन पाउने छन् ।

गुराँस लाइफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंगलवार अर्थात् २३ कात्तिकमा बुक क्लोज गर्ने भएका छन् । गुराँस लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७६ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले मंसिर १० गते आफ्नो प्रधान कार्यालय, तीनकुनेमा ११औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न चौथो वार्षिक साधारण सभा मंसिर ५ गतेका लागि बोलाएको छ । कम्पनीले धरान ब्यांकेट, धरान–१३, सुनसरीमा उक्त साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ५ दशमलव ४१ प्रतिशत अर्थात ९ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहको दुई जना सञ्चालहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।