केपी ओलीको पार्टी एमालेले मुख्यमन्त्री पाण्डेलाई विस्वासको मत नदिने
काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेको प्रदेश संसदीय दलले आजै यस्तो निर्णय गरेको हो ।
सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा एमालेको दल विभाजपछि मुख्यमन्त्री बनेका पाण्डे नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रदेश सरकारको नेतृत् वगर्न पुगेका हुन् ।
मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभामा विश्वासको मत लिंदै छन् । यसका लागि तिहारपछि पहिलो पटक प्रदेश सभा बैठक बोलाइएको छ । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य सांसद छन् । विश्वासको मतका लागि ५५ मत आवश्यकता पर्छ ।
प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र) का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका ३, नेमकिपा र राप्रपाका २–२ सांसद छन् । नेकपा एमालेले भोट नदिए पनि अरु सबै भोट पक्षमा आए मुख्यमन्त्री पाण्डेले विस्वासको मत पाउने निश्चित छ ।















