वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत मागेका छन् । पाण्डेले प्रदेशसभामा नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन ।
कात्तिक ११ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यको समर्थनमा नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।















