मलेसियाबाट रेमिट्यान्स भित्र्याउन इसेवाले गर्यो ‘ट्राङ्लो’सँग सम्झौता, आईएमई र प्रभूलाई झड्का - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मलेसियाबाट रेमिट्यान्स भित्र्याउन इसेवाले गर्यो ‘ट्राङ्लो’सँग सम्झौता, आईएमई र प्रभूलाई झड्का



काठमाडौं । इ–सेवा मनी ट्रान्सफर’ र मलेशियाको रेमिट्यान्स् कम्पनी ‘ट्राङ्लो’बीच मलेसियाबाट नेपालमा रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । यस सम्झौतासँगै मलेशिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीहरूले इ–सेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट पैसा नेपाल पठाउन सक्ने छन् ।

मेलेसियाको रेमिट कम्पनी ‘ट्राङ्लो’का संसारभर अधिकांश देशमा शाखा सञ्जाल रहेको छ । यसबाट नेपालमा रहेका इ–सेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ भएको छ ।

ट्राङ्लोको नेटवर्कमार्फत आएको रेमिट्यान्स् इ–सेवा वालेटमा लोड गरेमा प्रति कारोबार ७७ रुपैयाँ ‘वालेट बोनस’ पाइने इ–सेवाले जनाएको छ । अहिले ईसेवा वालेटको प्रयोगकर्ता संख्या ५० लाख नाघिसकेको छ । यसरी पठाइएको रेमिट्यान्स सिधै आफ्नो बैंक खातामा पनि जम्मा गर्न सकिन्छ ।

ट्राङ्लोसँगको सम्झौतासँगै इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेस कोइरालाले भने, ‘ट्राङ्लोजस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ ।’
यसले इसेवाको नेटवर्कलाई अझ विस्तार गर्न र अधिकांस बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी सुविधा पाउन सहज भएको कोइरालाले बताए ।

सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो । ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ । जसले एयरटाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ । विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्सहरु रहेका छन् भने यसका प्रमुखकार्यलयहरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिरेट्स, र सिंगापुरमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्