१३ श्रावण २०८३, बुधबार

दुर्घटना बीमा निर्देशिका २०७८ जारी



काठमाडौं । बीमा समितिले दुर्घटना बीमा निर्देशिका २०७८ जारी गरेको छ । बीमा समितिले आजदेखि लागू हुनेगरि दुर्घटना बीमामा सामूहिक र व्यक्तिगत दुई प्रकारको बीमा गर्न पाइने व्यवस्था गरेको छ । बीमा समितिले दुर्घटना बीमाको स्तरिकृत गर्ने उद्देश्यले जारी गरेको नयाँ बीमा निर्देशिका अनुसार दुवै प्रकारको दुर्घटना बीमा शुल्कमा कुनै प्रकारको छुट दिन पाइने छैन । नयाँ निर्देशिका अनुसार दुर्घटना बीमा सम्बन्धी छुट्टै बीमा पोलिसी जारी गर्नुपर्नेछ ।

उक्त व्यवस्था अनुसार व्यक्ति वा समुहको मात्रै बीमा गर्न सकिने छ । दर्घटना सम्बन्धी नयाँ बीमालेखमा मूल बीमाङ्क रकम, सम्पुष्टिमा थप गरी लिन चाहेको थप जोखिम बापतको रकम बीमालेखले उपलब्ध गराउने औषधी उपचारको रकम बाहेक थप औषधी उपचारको रकम समेत उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तो बीमा गर्दा बीमा कम्पनीहरुले न्युनतम पनि प्रतिहजार दुई रुपैयाँका दरले बीमा शुल्क लिनु पर्ने छ । सामुहिक दुर्घटना बीमालेखको हकमा भने २ जनादेखि २५ जनासम्मको लागि न्युनतम २ रुपैयाँ, २६ देखि १०० जनाको हकमा १.७५ रुपैयाँ, १ सय भन्दा धेरैको हकमा १.५० रुपैयाँ हुनु पर्नेछ ।