नेकपा एमालेको अध्यक्षमा दोस्रो पटक ओली निर्वाचित
काठमाडौं । नेकपा एमालेको १० औँ महाधिवेशनमा केपी शर्मा ओली निर्वाचित भएका छन् । एमालेको अध्यक्षका लागि २ जनाको उमेद्वारी परेको थियो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेवारी दिएका थिए । रावललाई फराकिलो मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले १ हजार ८०८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी भीम रावलले २१३ मत मात्रै पाएका छन् । केपी शर्मा ओली आगामी ५ बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।












