नेकपा एमालेका उपाध्यक्षमा बादलसहित यी नेता निर्वाचित
काठमाडौं । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ, विष्णु पौडेल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल निर्वाचित भएका छन् ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत १९७६, दोस्रोमा सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत पाएका छन् । उपाध्यक्ष पदका उम्मेदवार घनश्याम भुसालले भने जम्मा ७२५ मत पाए ।
नेकपा एमालेको १० औँ महाधिवेशनमा केपी शर्मा ओली निर्वाचित भएका छन् । डा. भीम बहादुर रावललाई फराकिलो मतले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष ओलीले १ हजार ८०८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी भीम रावलले २१३ मत मात्रै पाएका छन् ।













