२ कार्तिक २०८३, सोमबार

सचिवमा ओली प्यानलका उम्मेदवार निर्वाचित, भीम आचार्य र टंक कार्की पराजित



काठमाडौं । नेकपा एमालेको सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । नेकपा एमालेको सात सचिवमध्ये गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्ण बिष्टले १९७६ मत, योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्यालले समान ८०० मत, लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १ हजार ७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् । सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।