बिदेशी साझेदारीले मात्र देशको आर्थिक विकास हुन्छ: प्रधानमन्त्री देउवा
काठमाडौं । विदेशि साझेदारीले मात्र देशको आर्थिक विकास हुने प्रधानमन्त्री शेयरबहादुर देउवाले बताएका छन । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं रजत जयन्ती तथा सेजन अवार्ड वितरण कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । कोरोना महामारी नसकिए पनि नेपालको अर्थतन्त्र सामान्य अवस्थातिर आईरहेको उनले बताए । ‘अब आर्थिक पुनरूत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध छ । मुलुकमा लगानीको वातावरण बनाइने छ ।’
कोरोना महामारीका कारण देशको अर्थतन्त्रमा ठुलो खाडल परेको प्रधानमन्त्री देउवाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक पत्रकारको विकास भए देशको अर्थतन्त्रको विकास हुने बताए । उत्पादन मुलक क्षेत्रको विकास गर्नको लागि सरकार तयार रहेको पनि प्रधानमन्त्री देउवाको भनाई छ ।
उनले मुलुकमा दोस्रो चरणको सुधार आवश्यक रहेको भन्दै प्रजातन्त्रको स्थापनापछि मुलुकमा आर्थिक क्षेत्रमा खुला बजार नीतिको शुरूआत भएको बताए । मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै उनले उद्योग, बैंक तथा वित्तीय संस्थाहरू, वायुसेवा कम्पनी जलविद्युुतमा उदाहरणीय काम गरेको बताए ।













