कांग्रेस १४ औँ महाधिवेशनको मञ्चमा ओली, प्रचण्ड र नेपाल देखिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कांग्रेस १४ औँ महाधिवेशनको मञ्चमा ओली, प्रचण्ड र नेपाल देखिने



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट शुरु हुँदैछ । ‘उत्साह, एकता, जागरण’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसको १४ आँै महाधिवेशन भृकुटीमण्डप, काठमाडौंमा हुनेछ ।

कांग्रेसको महाधिवेशनमा कांग्रेस पार्टीका कार्यकर्ताका लागि मात्रै नभएर अन्य दलका कार्यकर्ताहरुका लागि पनि रोचक दृष्य देख्न पाइने भएको छ । किनभने लामो समयदेखि पानि बाराबारको अवस्थासम्म पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) एकै मञ्चमा देखा पर्ने भएका छन् ।

उद्धघाटन सत्रमा झण्डै एक वर्षपछि बोलचालसहित भेटघाट समेत बन्द गरेका यी तीन शिर्ष नेताहरु एउटै मञ्चमा देखिन लागेका हुन् ।

केपी ओली ओली प्रधानमन्त्री हुँदा संसद विघटन गरेपछि दुरी बढाएका यी नेताहरुबीच बोलचाल नै बन्द थियो । भोली हुने कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन यी नेता एउर्ट मञ्चमा उपस्थित हुन लागेका हुन ।

२०७७ साल पुस ५ गते पूर्व प्रधानमन्त्री ओलीले पहिलो पटक संसद विघटन गरेपछि ओलीसंग प्रचण्ड र नेपालको दुरी बढेको थियो । प्रचण्ड र ओलीको करिब १ वर्षयता भेटघाट मात्रै नभएर बोलचाल नै बन्द गरेका छन् ।

यता ओली र नेपालबीच भने ५ महिनादेखि बोलचाल नै बन्द छ । भदौंमा ओली र नेपालले पछिल्लो पटक होटल मेरियटमा भेट भएको थियो ।


प्रतिक्रिया दिनुहोस्