भाजपाका नेता हर्षवर्द्धनले पहिलोपटक एउटै मञ्चमा धेरै जना पूर्वप्रधानमन्त्री देखेपछि - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भाजपाका नेता हर्षवर्द्धनले पहिलोपटक एउटै मञ्चमा धेरै जना पूर्वप्रधानमन्त्री देखेपछि



काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ४ जना पूर्व प्रधानमन्त्रीसहित बर्तमान प्रधानमन्त्री रहेका छन् ।

महाधिवेशनमा पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दहाल (प्रचण्ड), लोकेन्द्र बहादुर चन्द, माधव कुमार नेपाल, केपी शर्मा ओली अथितिका रुपमा उपस्थित रहेका छन् । त्यस्तै पाँचौ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा गरी पाँच जना पूवैप्रधानमन्त्री एउटै मञ्चमा पहिलो पटक देखेको भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले बताए ।

१४ औँ महाधिवेशनलाई शुभकामना दिन उपस्थित भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका हुन् । यसअघि कुनै पनि कार्यक्रममा यति धेरै पूर्व प्रधानमन्त्री नदेखेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्