नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले राजसंस्था स्थापना गरौँः राजेन्द्र लिङ्देन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेता गाउँ जाँदा कुन चोर आएछ भन्न थाले राजसंस्था स्थापना गरौँः राजेन्द्र लिङ्देन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै नेता गाउँमा जाँदा कुन चोर आएको भन्न थालेको बताएका छन् । सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको अध्यक्ष लिङ्देनले बताए । काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

जनताको नजरमा नेताहरू प्रति विश्वास हराएको पनि उनले बताए । गाउँमा कुनै नेता जाँदा कार्यकर्ताले सम्मान नगरी कुन चोर आएछ भन्ने अवस्था रहेको उनले बताए । उनले भने, ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन्, कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् ।’

महाधिवेशनलाई नेतृत्वको छवि सुधार्ने अवसरका रूपमा लिन पनि आग्रह उनले गरे । उनले भने, ‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ ।’


प्रतिक्रिया दिनुहोस्