ओरिएण्टल इन्स्योरेन्सको नाफा २ करोड ५४ लाख, अन्य सूचक कस्ता ?
काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले चालू आर्थिक बर्षको पहिलो त्रैमाससम्म खुद नाफा २ करोड ५४ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनील ६९ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले आसोज मसान्तसम्ममा २८ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको २३ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चाल आवको तीन महिनामा कम्पनीको पुर्नबीमा कमिशनबाट २ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ भने लगानी कर्जा तथा अन्यवाट ३ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको छ भने पुनर्बीमा कमिशन वापत ९ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोष ९९ करोड १३ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १५ करोड २५ लाख ६८ हजार रुपैयाँ सञ्चित रहेको छ ।
तीन महिनामा कम्पनीले २ हजार १५४ बीमालेख जारी गरी ३६ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६३९ वटा दाबी वापत ५ करोड १८ लाख भुक्तानी गरेको छ भने २ हजार १९९ वटा दाबी वापत ७२ करोड ९९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।













