नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरे - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध गरे



काठमाडौं । नेकपा एमालेले मंगलबार आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ ।

आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा अघिल्लो अधिवेशनमा संसद अवरुद्ध गरेको एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठक पनि सोही विषयलाई लिएर अवरुद्ध गरेको हो ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् । आजको बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया दिनुहोस्