फराकिलाे मतान्तरसहित कांग्रेस सभापतीमा पुन: देउवा निर्वाचित
काठमाडाैँ । नेपाली कांग्रेसकाे सभापतीमा पुन: शेर बहादुर देउवा निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार दाेस्राे कार्यकालका लागी देउवा निर्वाचित भएका हुन् ।
पहिलाे चरणमा ५० प्रतिसत मत कटाउन नसकेपनि दाेस्राे चरणकाे निर्वाचन भएकाे थियाे । देउवाले प्रतिस्प्रधी शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गरेका छन् ।
मंगलबार भएकाे निर्वाचनमा ४ हजार ३२३ मध्ये देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।













