महामन्त्रीमा पराजित हुने भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । महामन्त्री पदमा पराजित हुने निश्चित भएपछि डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।
सामाजिक सन्जाल ट्वीटर मार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् । उनी शंसाक कोइरालाको कोटाबाट शेरबहादुर देउवाको मन्त्रीपरिषद्मा रक्षामन्त्री भएका थिए । उनले ट्वीटरमा भनेका छन्, ’नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छ, अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।’
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
— Minendra Rijal (@MinendraRijal) December 16, 2021















