कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार आएको अन्तिम मत परिणामअनुसार थापा ३ हजार २३ र शर्मा २ हजार २ सय ४६ मतसहित विजयी भएका हुन् । थापा र शर्मावीच ७ सय ७७ मत फरक रहेको छ ।

तेस्रो स्थानमा डा. प्रकाशशरण महतले १५ सय ५०, चौथोँमा प्रदीप पौडेल १४ सय ९, पाँचौँमा डा. मिनेन्द्र रिजाल ८ सय ९ र १ सय ७ मतसहित राजाराम कार्की छैटौँ भएका हुन् ।

आधीकारीक रुपमा निवार्चन समितिको घोषणा गर्न बाकि रहेको छ । माहामन्त्री पदमा विजयी भएका थापा डा. शेखर कोइराला समूहको उम्मदेवार हुन भने शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार भएका थिए ।


प्रतिक्रिया दिनुहोस्