प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटी बैठक लुम्बिनीमा सुरू - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटी बैठक लुम्बिनीमा सुरू



काठमाडाैं । नेकपा एमाले निकट पत्रकारहरूकाे संगठन प्रेस चाैतारी नेपालकाे केन्द्रीय कमिटी बैठक प्रसिद्ध धार्मिक स्थल रूपन्देहीकाे लुम्बिनीमा सुरू भएकाे छ ।

एमाले उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्विसुब्बा गुरूङले बैठक उदघाटन गरे । प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतकाे अध्यक्षतामा सुरू भएकाे बैठकलाई संबाेधन गर्न एमाले माेर्चा संगठन ईन्चार्ज भानुभक्त ढकाल, पाेलिटव्यूराे सदस्यद्वय सुर्य थापा, खिमलाल भट्टराई र प्रेस चाैतारी सह-ईन्चार्ज विष्णु रिजाललगायतले सम्बाेधन गर्नेछन् ।

बैठकमा नवनियुक्त प्रेस चाैतारीका केन्द्रीय सदस्यहरूकाे सपथग्रहण गराएकाे छ । बैठकले चाैतारीकाे महाधिवेसनकाे मिति तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्