७ श्रावण २०८३, बिहिबार

कांग्रेसको १६ जिल्ला अधिवेशन फेरी सर्यो



काठमाडौं । नेपाली कांग्रेसको जिल्ला अधिवेशन फेरी सरेको छ । यसअघि अधिवेशन हुन नसकेको १६ जिल्लाको अधिवेशन फेरी सरेको छ ।

पुस २७ गतेसम्मको लागि यसअघि सरेको अधिवेसन फेरी माघ १५ गतेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरि १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्