राष्ट्रियसभा बैठक सर्यो
काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई दिनको लागि फेरी सरेको छ । विशेष कारण वश बैठक २ दिन सरेर पुस २७ गते १ बजेका लागि सरेको छ । यसअघि पुस २५ गते आइतबार दिउँसो १ बजेका लागि बोलाईएको थियो ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गरी विशेष कारणवश बैठक तोकिएको समयमा बस्न नसक्ने भएकाले दुई दिन पछि सारेको जानकारी दिएका छन् ।












