एशियन लाईफ इन्स्योरेन्सको लाभांश बिमा समितीबाट स्विकृत
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको प्रस्तावित लाभांश बिमा समितिबाट स्विकृत भएको छ । इन्स्योरेन्सले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीह्रुलाई वितरण गर्न प्रस्ताव गरेको २७ प्रतिशत लाभांश बीमा समितिले स्विकृत गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ प्रतिशत नगद लाभांशगरी जम्मा २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
प्रस्तावित लाभांश इन्स्योरेन्सको आगामी साधारण सभाले पारीतगरेपछि शेयरधनीहरुले पाउँनेछन् ।














