७ श्रावण २०८३, बिहिबार

सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कति ?



काठमाडौं । सुनचाँदीको भाउ बढेको छ । आज मंगलबार नेपाली बजारमा सुनचााँदीको भाउ बढेको हो । नेपाल सुनचाँँदी व्यवसायी महासंघका अनुसार सुन ३ सय र चाँदी १० रुपैयाँले बढेको छ ।

यस दिन सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ६ सय र तेजावि सुन ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजावि सुन ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी १० रुपैयाँले बढेर प्रत्तितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रत्तितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्