८ श्रावण २०८३, शुक्रबार

कांग्रेसको १६ जिल्लाको अधिवेशन फेरी स्थगित



काठमाडौं । कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । आउदो १५ गतेबाट गर्ने भनिएको नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको हो ।

कोभिड–१९ महामारीका कारण १४ औं महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गदै जानकारी दिएको छ ।

माघ ६ गते बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरि १६ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस्