एमाले अध्यक्ष ओली र पत्नि शाक्यलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएसँगै कोरोना संक्रमण पुष्टि भएको एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले जनाकारी दिए ।
पहिलो पटक संक्रमित भएका ओली अहिले बोलकोटस्थित आफ्नै निवासमा आइसोलेसनमा छन् । उनीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना पुष्टि भएको छ ।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै एमालेले आज आयोजना गर्ने भनेको पत्रकार सम्मेलन स्थगित भएको हो ।













