८ श्रावण २०८३, शुक्रबार

मधेश सरकारले आफ्नो राजपत्रमा नेपालको चुच्चे नक्सा सच्यायो



काठमाडौं । मधेश प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको चुच्चे नक्सा सच्याएको छ । प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेपछि सर्वत्र आलोचना भएको थियो ।

आलोचनापछि आइतबार प्रदेश सरकारले चुच्चे नक्सा राखेर राजपत्र पुनः प्रकाशन गरेको हो । संघीय सरकारले ३१ जेठ २०७७ मा निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा पारित गरेको थियो ।

तर, प्रदेश सरकारले राजपत्रमा चुच्चे नक्सा नराखी पुरानै नक्सा राखेपछि यसको आलोचना भएको थियो । प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र साहले यसलाई तत्कालै सच्याउने बताएको थियो ।

आइतबार नै नेपालको नयाँ नक्सा राखिसकिएको प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए । राजपत्रमा प्रकाशित हेर्दापनि नयाँ नक्सा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस्