ज्योति लाइफको नाफा २४.२३ प्रतिशत बढ्दा खुद बीमा शुल्क १७.६९ प्रतिशत बृद्धि, ईपीएस कति ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २४.२३ प्रतिशत बढेर १३ करोड ४० लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १० करोड ७८ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थिए ।
चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७.६९ प्रतिशत बढेर १ अर्ब ६४ करोड ३९ लाख १७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्य आय ८१.१२ प्रतिशत बढेर २० करोड १२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्य आय ११ करोड ११ लाख १८ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीलले बीमालेख धितो ५६ करोड ४५ लाख ३९ हजार रुपैयाँ लगानी गरी ३ करोड ७६ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९८ पैसा घटेर १२ रुपैयाँ १८ पैसामा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५४.५९ गुणा रहेको छ ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ५१.१० प्रतिशत बढेर ७२ करोड ९० लाख रुपैयाँ र जीवन बीमा कोष ७६.३० प्रतिशत बढेर ५ अर्ब १४ करोड ४४ लाख ७६ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क संकलन १८.६३ प्रतिशत बढेर १ अर्ब ७१ करोड ४६ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४४ करोड ५४ लाख ४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले २९४ वटा दाबी बापत १४ करोड ४५ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेको छ भने २२२ वटा दाबी बापत ७ करोड ५२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।













