शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । नेप्सेले शिखर इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको छ । ३० प्रतिशत हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ५५० रुपैयाँ ७७ पैसा कायम भएको छ । नेप्सेले बिहिबारको कारोबार सकिएपछि कायम भएको अन्तिम शेयरमूल्यको आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।

बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ९८६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ५२ हजार ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्न माघ २१ गते एक दिनका लागि बुकक्लोज गरेको छ।


प्रतिक्रिया दिनुहोस्