धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’
काठमाडौं । नेपाल धितापत्र बोर्डको कार्यकारी अध्यक्ष पदको लागि ५ जनाको नाम सिफारिस गरिएको छ । अध्यक्ष छनौटका लागि सिफारिस समितिले पहिलो चरणमा ५ जनाको नाम सिफारिस गरेको हो ।
सोमबार बसेको सिफारिस समितिको बैठकले १५ जना आवेदकमध्ये ५ जनाको नाम सिफारिस गरेको हो । जसमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छन् ।
छनोट भएका ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
बोर्डको अध्यक्ष पदका लागि मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।













