सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५.६४ प्रतिशत बढ्दा ईपीएस ११.६२ रुपैयाँ, अधिकांश सूचकमा सधार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सानिमा जनरल इन्स्योरेन्सको नाफा ९५.६४ प्रतिशत बढ्दा ईपीएस ११.६२ रुपैयाँ, अधिकांश सूचकमा सधार



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९५.६४ प्रतिशत बढेर ५ करोड ८० लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७३.२७ प्रतिशत बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।स

समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३.४१ प्रतिशत बढेर ३ करोड ५५ लाख ६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख ६४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको २ हजार २०२ दाबी भुक्तानी परेकोमा ४८ करोड ९ लाख ४७ हजार रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ । यस अवधिमा कम्पनीको अधिकर्ता कमिशन ६७ लाख ६४ हजार रुपैयाँ र व्यवस्थापन खर्च ६ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको लगानी, कर्जा तथा अन्य आय १ करोड १७ लाख ३५ हजार रुपैयाँ रहेको छ भने पुनर्बीमा कमिशन आय ८ करोड ८० लाख ७९ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ७७.०८ प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ ४ हजार रुपैयाँ, बीमा कोष ७०.४२ प्रतिशत बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष ६ करोड ३१ लाख ३६ हजारु रुपैयाँ र बीमा कोष ७ करोड १४ लाख ७८ हजार रुपैयाँ थियो ।

कम्पनीको महाविपत्ति कोष २९.३९ प्रतिशत बढेर ९३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको महाविपत्ति कोष रकम ७२ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ३० पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात ५४.४१ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्