चोलेन्द्र शमशेर दैनिक कामकाजबाट आउट, अब दिपक कुमार कार्कीले कामु पद सम्हाल्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चोलेन्द्र शमशेर दैनिक कामकाजबाट आउट, अब दिपक कुमार कार्कीले कामु पद सम्हाल्ने



काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनले दैनिक कामकाज गर्न नपाउने भएका छन्।

प्रधान न्यायधीशपछि वरिष्ठताको आधारमा अब दीपक कुमार कार्कीले सर्वोच्व अदालतको कायम मुकायम पद सम्हाल्ने भएका छन् । महाभियोग दर्ता भएसँगै जबराले अब दैनिक कामकाज गर्न पाउने छैनन्।

जबरा शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको विषयमा आलोचित भएका थिए। उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले केही महिनादेखि सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ।

यस्तै, न्यायाधीशहरुले समेत जबरासँग बेन्च सेयर गरेका छैनन्। जबराले मंसिर १५ देखि कुनै पनि मुद्दा हेरेका छैनन्।


प्रतिक्रिया दिनुहोस्