धितोपत्र बोर्डको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष लागि ३ जनाको नाम सिफारिस गरिएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो ।
३ जनाको नाम मन्त्रीपरिषदमा पठाएको हो । सिफारिस गरिएका ३ जनामध्येबा नै मन्त्रिपरिषद्ले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेछ ।
बोर्ड अध्यक्ष छनोट सिफारिस समितिले आवेदन दिएका १५ जनामध्ये ‘सर्टलिष्ट’ ५ जनाको नाम छनोट गरेको थियो । जसमा बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, अन्य आवेदकहरू रमेशकुमार हमाल, गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र खगेन्द्र कटुवालको नाम सर्टलिष्टमा राखिएको थियो । ५ जनाबाट गिरी कटुवाल बाहिरिएका छन् भने ३ जनाको नाम सिफारिस भएको छ ।













