एमसीसी तत्काल पास गर्न माग गर्दै शेयर लगानीकर्ताले निकाले र्याली - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एमसीसी तत्काल पास गर्न माग गर्दै शेयर लगानीकर्ताले निकाले र्याली



काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चौतफी विरोध भईरहेको छ । नेपालका पाँच वामपन्थी पार्टीहरुले आज फागुन ४ गते नेपाल बन्दको घोषणा गरेका छन् । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, आहूति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी पार्टी र देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्द घोषणा गरेका हुन् ।

तर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदबाट अनुमोदन गरेर कार्यान्वयनमा ल्याउन शेयर लगानीकर्ताले माग गरेका छन् । नेपालको आर्थिक विकासमा एमसीसीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै र्याली नै निकालेका छन् ।

विकासलाई राजनीतिसँग नेजोड्न उनीहरुले पम्पलेट बोकेका छन् । त्यस्तै, एमसीसीलाई स्वागत छ भन्दै नारा समेत लगाएका छन् ।

एमसीसीको महत्व धेरै रहेको हुनाले तत्काल पास गर्नुपर्न माग गर्दै शेयर लगानीकर्ताहरुले बुधबार र्याली निकालेका हुन् ।


प्रतिक्रिया दिनुहोस्