आजको संसद बैठकमा एमसीसी टेबल नहुने
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।
बैठकमा देउवाले तत्काल एमसीसी संसदमा पेस गर्ने प्रस्ताव गरेका थिए । नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसीमा हतार नगर्न आग्रह गरेका हुन् ।
आज संसद बैठक १ बजे बोलाइएको छ । त्यसैको सन्दर्भमा छलफल गर्न मन्त्रीहरू बालुवाटार गएको अनुमान छ ।
















