यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

यी हुन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु



काठमाडौं । सरकारले कोभिड–१९ आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन करिब २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार गर्ने भएको छ । बिहीवारको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकी दिए ।

त्यसैगरी सरकारले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्विकृत गर्ने गरेको छ । सरकारले वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई बर्खास्त गर्ने निर्णयसमेत गरेको छ ।

नवीकरण उर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने भएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची–१ हेरफेर गर्ने समेत गरेको छ । त्यस्तै काठमाडौं जिल्लाको गोकर्णेश्वर न.पा.–३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती न.पा..–६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी उल्लिखित स्थानको वरिपरिको १०० सम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट बयालिस दिन अवधि सम्मका लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने भएको छ ।

श्रमिक अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै, ग्लोबल फण्डको एड्स, क्षयरोग र मलेरिया रोग रोगथाम तथा नियन्त्रणका लागि सन् २०२१–२४ को कार्यक्रम कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

औषधी दर्ता चौथो संशोधन नियमावली, २०७८ स्वीकृत गर्ने र नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली, २०७८ स्वीकृत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्