हिमालयन डिस्टिलरीले शेयरधनीको खातामा शतप्रतिशत लाभांश जम्मा गर्न सुरु - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमालयन डिस्टिलरीले शेयरधनीको खातामा शतप्रतिशत लाभांश जम्मा गर्न सुरु



काठमाडौं । लिमिटेड (एचडिएल)ले आफ्नो शेयरधनीहरुको सम्बन्धित खातामा नगद लाभांश र बोनस शेयर जम्मा गरिदिएको छ ।

कम्पनीको पुष २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएपछि कम्पनीले फागुन २ गते बोनस शेयर हितग्राही खातामा र नगद लाभांश फागुन ४ गतेदेखि हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गर्न सुरु गरेको हो ।

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीहरुले कम्पनीको शेयर अभौतिकीकरण भएपश्चात स्वतः शेयरधनीको खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले आव २०७०।०७१ र २०७१।०७२ मा वितरण गरिएको नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले कम्पनीको सम्पर्क कार्यालय ललितपुर, जावलाखेलमा सम्पर्क गरी बुझिलिन बाँकी रहेका शेयरधनीहरुलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्