२ करोडको चेक बाउन्सपछि ग्रिनलाइनका संचालक अमित अग्रवाल पक्राउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२ करोडको चेक बाउन्सपछि ग्रिनलाइनका संचालक अमित अग्रवाल पक्राउ



काठमाडौं । क्लाइन्टलाई दिएको २ करोडको चेक नसाटिएपछि ग्रिनलाइन सेन्टरका अमित अग्रवाल पक्राउ परेका छन् । राजधानीका कुलिन वर्गलाई विदेशी मदिराको स्वाद दिलाउँदै आएका कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल शनिबार पक्राउ परेका हुन ।

१ महिनाअघि राजधानीबाट फरार भएका अमित अग्रवाल दाजुभाई २ साताअघि राजधानी आएर बैंकर र ऋण लिएका व्यक्तिहरुलाई भेटेका अमित केही दिनअघिनै बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका हुन ।

मिटर व्याजमा पैसा लिएका सञ्जय अधिकारी र टंकशम्शेर जबराको चेक बैंकमा नसाटिएपछि उनिहरुको उजुरीको आधारमा अमितलाई प्रक्राउ गरेको महानगरिए प्रहरी भ्रभागले जनाएको छ । टंकशम्शेर जबराको डेढ करोड र सञ्जय अधिकारीको ५० लाखको चेक बाउन्सभएपछि उनि प्रहरी फन्दामा परेका हुन् ।

अग्रवाल दाजुभाईले नेपाल इन्भेष्टमेण्ट, एभरेष्ट, मेगा र ग्लोबल आइएमई बैंकबाट लिएको १ अर्वभन्दा बढी बढी ऋण लिएका छन् । उनिहरुले संचालन गर्दै आएको ग्रिनलाइन सेन्टरको मदिरा पसल बैंकले पोष्टर टाँसेर सिल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्