युक्रेनमा रहेका नेपालीहरुको सुरक्षाप्रति संघ चिन्तित
काठमाडौं । युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारणले त्यहाँ रहनु भएका नेपालीहरुको सुरक्षा प्रति गैरआवासीय नेपाली संघ चिन्तित रहेको छ । त्यहाँ रहेका भएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् ।
उनीहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आएका छन् । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उनीहरु सबै सकुशल रहेको खबर प्राप्त भएको छ ।
त्यसबाहेक पनि युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन अनुरोध गरेको छ ।
साथै, युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरि आवश्यक परे स्वदेश फर्कन समेत संघ आग्रह गर्दछ ।
















