पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त



काठमाडौं । इतिहासविद् महेशराज पन्तलाई राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन्।

केही समय अघि राष्ट्रपति भण्डारी पन्त निवास डल्लु पुगेकी थिइन्। भण्डारीले पन्तले संग्रह गरेका नेपालका इतिहास र पुरातत्वसम्बन्धी दस्तावेजको व्यवस्थापनमा सहयोग गर्ने बताएकी थिइन्।

यस्तै, डा. कृष्णप्रसाद ओलीलाई वातावरण क्षेत्रमा सुझाव दिने गरी विज्ञ पदमा नियुक्त गरिएको छ।


प्रतिक्रिया दिनुहोस्