राष्ट्र बैंक संचालक समितिमा पुग्याे नविल–एनबी बैंक मर्जर प्रक्रिया, ५ महिनाभित्र एकीकृत कारोबार हुने
काठमाडौँ । निजी क्षेत्रको पहिलो नविल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई गाभ्ने सहमतिकाे फाइल राष्ट्र बैंक संचालक समितिमा पुगेकाे छ । बुधबारकाे बाेर्ड बैठकमा कुनै निर्णय भने नभएकाे डेपुटी गभर्नर बमबहादुर मिस्त्रले अर्थपथलाई बताए ।
मिस्त्रले भने संचालक समितिम फाइल पेश भएकाे तर निर्णय भने भैनसकेकाे बताए । नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कले यी दुई बैङ्कलाई आगामी ६ महिनाभित्र एकीकृत कारोबार गर्नसमेत निर्देशन दिएको छ ।
गत पुस २९ गते दुई बैङ्कले मर्जर गर्नेगरी एमओयू गरेका थिए । नविल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गर्ने सहमति राष्ट्र बैङ्कले दिएको हो । दुई बैङ्कलाई आगामी ६ महिनाभित्रै एकीकृत कारोबार गर्न निर्देशन दिएको स्रोतले बताएको छ । राष्ट्र बैंकको बुधबार बसेको संचालक समिति बैठकले दुई बैंकलाई मर्जर गर्न बाटो खोलिदिएको हो ।
गत पुस २९ गते नै एमओयू हुँदा नेपाल बङ्गलादेश बैङ्कको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने सहमति भएको छ । उता नबिल बैङ्कले भने यसै आवभित्रै एकीकृत कारोबार गर्ने गरी तयारी गरेको बताएको छ ।
एनबीलाई गाभेपछि बैङ्कको चुक्ता पुँजी २२ अर्ब भन्दा बढी, दुई बैङ्कको निक्षेप जोड्दा ३ खर्ब १४ अर्ब र कर्जा ३ खर्ब र शाखा २३५ पुग्नेछ । ग्राहक सङ्ख्या १६ लाखभन्दा बढी हुनेछन् ।
















