आइपीओ निष्कासन प्रस्ताव पारित गर्न सिटिजन लाइफले चैत ११ मा डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइपीओ निष्कासन प्रस्ताव पारित गर्न सिटिजन लाइफले चैत ११ मा डाक्यो साधारण सभा



काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्सले चैत ११ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ ।

सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

सभामा, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्