बीमा शुल्क आर्जनमा ६ निर्जीवन कम्पनी अर्बपति क्लबमा प्रतिस्पर्धा गर्दै, माघमा २ अर्ब ७२ करोड रुपैयाँ आर्जन
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै २ अर्ब ७२ करोड ६६ लाख ८२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यता चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा भने २१ अर्ब ८१ करोड ४ लाख १ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
माघ महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ३२ करोड ७३ लाख ५३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । माघ महिनामा मात्रै सगरमाथा इन्सयोरेन्सले २२ करोड ५७ लाख ३६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १९ करोड ३७ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
यता ७ महिनाको अवधिमा शिखर इन्स्योरेन्सले २ अर्ब ७६ करोड ५४ लाख ८९ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ९५ करोड ५४ लाख ३० हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ७७ करोड ७५ लाख ७८ हजार रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ५२ करोड ५ लाख १५ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ३६ करोड रुपैयाँ ४४ लाख ४३ हजार रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले १ अर्ब २३ करोड ८१ लाख ९६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

















