मेरो शेयर सम्बन्धी जानकारी
- हितग्राही खाताको विवरण इन्टरनेट मार्फत हेर्न सकिने,
- बजार मुल्यको आधारमा आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको पोर्टफोलियो हेर्न सकिने,
- इन्टरनेटको माध्यम बाट सार्वजनिक निष्कासन भएका धितोपत्रको खरिद आवेदन गर्न सकिने,
- दोश्रो बजारमा विक्री भएका धितोपत्रको राफसाफ तथा फर्छ्यौट प्रयोजनका लागि इन्टरनेटको माध्यमबाट आफ्नो राफसाफ सदस्यको खातामा धितोपत्र हस्तान्तरण गर्न सकिने,
- विक्री भएका धितोपत्रको कारोवारको पुँजीगत लाभकर गणना प्रयोजनका लागि उक्त धितोपत्रको लागतको भारित औसत लगायत Short-term/Long-term Holding गणना गरि सो सम्बन्धी विवरण इन्टरनेटको माध्यमबाट आफ्नो राफसाफ सदस्यलाई प्रदान गर्ने सुविधा रहेको। (सिडिएससि)










