महाअभियोग सिफारिस समितिको प्रस्ताव बहुमतले स्वीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

महाअभियोग सिफारिस समितिको प्रस्ताव बहुमतले स्वीकृत



काठमाडौं । प्रतिनिधिसभा बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ प्रस्ताव बहुमतले स्वीकृत भएको छ । ११ सदस्यीय महाअभियोग सिफारिस समितिको नाम सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रस्तुत गरेका थिए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६२ अनुसार आजको बैठकमा ‘महाअभियोग सिफारिस समिति’ प्रस्ताव प्रस्तुत गरेका हुन ।

गत १ फागुनमा जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता भएको थियो । सत्तारुढ गठबन्धनका ९८ सांसदको हस्ताक्षरसहित महाअभियोग दर्ता गरेका थिए ।

प्रतिनिधिसभा नियमावलीअनुसार यो प्रस्तावमाथि संसदमा सामान्य छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाउनुपर्ने व्यवस्था छ । ११ सदस्यीय समितिले आरोपबारे छानबिन गरी महाअभियोग सिफारिस गर्नसक्छ । एक चौथाई सदस्यले समर्थन गरेमा महाभियोगको कारबाही प्रारम्भ हुने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्