चैत्र १ गतेदखि प्रतिकित्ता १ सय रुपैयाँमा छ्याङ्दी हाइड्रोपावरले ६० हजार कित्ता शेयर बिक्री गर्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

चैत्र १ गतेदखि प्रतिकित्ता १ सय रुपैयाँमा छ्याङ्दी हाइड्रोपावरले ६० हजार कित्ता शेयर बिक्री गर्दै



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनीले चैत्र १ गतेबाट शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी चैत्र १ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ५९ हजार ८२७ कित्ता हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीको उक्त अवितरित हकप्रद शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल–काठमाडौं, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु बुटवल–मिलनचोक, नेपालगंज–त्रिभुवनचोक, हनुमानदास रोड–विराटनगर, पोखरा–न्यूरोड, घोराही–दाङ, सुर्खेत, बाग्लुङ, हेटौँडा, विर्तामोड, जनकपुर, आदर्शनगर–विरगन्ज, नारायणगढ र महेन्द्रनगरबाट पनि बोलपत्र पेश गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्