महिला सहभागिता र प्रतिनिधित्वका लागि संविधान र कानुनसमेत अभ्यासमाः राष्ट्रपति भण्डारी
काठमाडौं । ११२ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति विद्या देवि भण्डारीले शुभकामना सन्देश दिएकी छिन् । परम्पराकै नाममा अझैसम्म कायम रहेका कतिपय अन्धविश्रास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानतका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भुमिका अत्यावश्यक रहेको बताइन् ।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उदेश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाइन्छ ।
राष्ट्रपतिले सन्देशमा भनेकी छन् “महिला सहभागिता र प्रतिधित्व सुनिचित गर्न हामीले संविधानमार्फत आधारभुत व्यवस्थाहरु गरी विभिन्न कानुनसमेत अभ्यासमा ल्याएका छौं ।” मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भुमिका सुद्धिढ भएको छ । पछिल्लो समयमा लैङ्गिग समानताका विभिन्न सुचकहरुमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरु परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ ।
यस बर्षको अन्तराष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्रतता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरुको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरणद्वारा मुलुकको समृद्वि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफुलाई लागेको उनले सन्देशमा बताएकी छन् ।
महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मुलन गरी सभ्य र सुुुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्ने र महिलाविरुद्व हुने सबै प्रकारका हिंसा। विभेद उत्पीडन एवंम समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मुल गर्दै समानता र न्याय सुनिश्रित गर्न थप उर्जा र उत्साह प्राप्त हुन सकोस भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन् ।













