नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा जानकारी मुलक कार्यक्रम संचालन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नबिल इन्भेष्टमेण्टद्वारा धनगढीमा जानकारी मुलक कार्यक्रम संचालन



काठमाण्डौं । नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको २०७७ पौष २७ को निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ र धितोपत्र सम्बन्धि नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था बारेमा जानकारी दिने र धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ७ सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन २२ गते जानकारी मुलक कार्यक्रम संचालन गरेको छ ।

हालसम्म प्रदेश नम्बर ४ र प्रदेश नम्बर ७ मा संचालन गरिएको कार्यक्रम निकट भविष्यमा देशको सातै प्रदेशमा संचालन गर्ने उद्देश्य रहेको छ । कार्यक्रममा कम्पनीका ईन्भेष्टमेन्ट बैंकिंग विभाग प्रमुख बिकाशचन्द्र भण्डारीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुको बारेमा प्रकाश पारेका थिए ।

स्थापनाकालको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको कम्पनीले ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

५० लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २६ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ ।

धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरु तथा यसबाट हुने जोखिमहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्