२०७९ सालमा ९० दिनभन्दा बढी विदा (सूचीसहित)
काठमाडौं । नेपाल सरकारले विक्रम संवत् २०७९ सालमा हुने सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै २०७९ सालमा वैशाख १ गतेदेखि चैत मसान्तसम्ममा ९० दिनभन्दा बढी दिन विदा दिने निर्णय गरेको हो ।
एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक विदा, पर्व एवं सट्टा विदा र कार्यालय समयबारेको विवरण सार्वजनिक गरेको हो ।
सूचना अनुसार ७९ सालमा शनिवार सहित ९० दिन भन्दा बढी दिन सार्वजनिक विदा हुने छ । यद्यपि केहि विदा भने धर्म विशेष, क्षेत्र विशेष र समुदाय विशेषको लागि मात्र रहेको छ ।













