१० श्रावण २०८३, आइतबार

जबराविरुद्धको महाअभियोग प्रस्ताव छलफल नहुँदै संसद अधिवेशन अन्त्य गर्न सिफारिस

जबराविरुद्धको महाअभियोग प्रस्ताव छलफल नहुँदै संसद अधिवेशन अन्त्य गर्न सिफारिस



काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ ।

त्यस्तै, यसै अधिवेशनले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरिसकेको छ । गत भदौ २३ मा सुरु भएको संसदको दशौं अधिवेशन एमालेका कारण लगातार अवरुद्ध हुँदै आएको छ ।